दफा ३२
प्रस्ताव खोल्ने
(१) प्रस्ताव दाखिला गर्ने अन्तिम म्याद समाप्त भएपछि प्रस्तावदाताबाट प्राप्त प्रस्तावको बाहिरी खाम खोली प्राविधिक र आर्थिक प्रस्तावका सिलबन्दी खाम छुट्याउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम छुट्याइएका खामहरुमध्ये पहिले प्राविधिक प्रस्ताव खोल्नु पर्नेछ र आर्थिक प्रस्तावको खाम नखोली सुरक्षितसाथ छुट्टै राख्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम छुट्याइएको आर्थिक प्रस्तावको खाम दफा ३३ बमोजिम प्राविधिक प्रस्ताव मूल्याङ्कन गरेपछि मात्र खोल्नु पर्नेछ ।
(४) प्राविधिक प्रस्ताव खोल्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।